फोटो फिचर
खुल्यो सदर चिडियाखाना (तस्बिर)
०

काठमाडौं, १ साउन –
बर्ड फ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्ड फ्लूका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।
पशुपंक्षीलाई खानेकुरा नदिन, दूरी कायम गर्न, धेरै लामो समयसम्म पशुपंक्षीको नजिक नबस्न, मास्क प्रयोग गर्न चिडियाखाना प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>








































