खेलकुद

पुरुष भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्सबाट हुने

Banner

काठमाडौँ, असार ३२–

केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजनलाई अनुबन्ध गरेका छौं ।

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा.सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।

सम्झौतासंगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स टेलिभिजनले गर्ने भएको छ । कान्तिपुर म्याक्सले टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम विम्बल्डन, टी–२० विश्वकप क्रिकेटलगायत प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिसकेको छ ।
यो सम्झौताले नेपालीे भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचानलाई अझ फैलाउन मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोली, टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडसंग सम्झौता गरिएको थियो ।

सहभागी हुने टिमहरुमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>