अन्तर्राष्ट्रिय

राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको ट्रम्पको दाबी

Banner

काठमाडौँ,भदौं ९–

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् । रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन्।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् । तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा भने उनी स्वयम अनभिज्ञ देखिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा काम गर्न नसकेको भन्दै ट्रम्पको पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>