प्रदेश २

कोरोनाका कारण वीरगञ्जमा आफन्त मलामी नगएपछि मुस्लिमले गरे हिन्दू संस्कारअनुसार अन्त्येष्टि

Banner

पर्सा,भदौं १-

पर्साको वीरगंजमा कोरोना संक्रमण ठीक भइसकेका एक व्यक्तिको मृत्यु भएपछि कोही पनि आफन्त उपस्थित नहुँदा समुदायका व्यक्तिहरू मिलेर दाहासंस्कार गरिदिएका छन्। केही दिनअघि कोरोना संक्रमण भए पनि निको भइसकेका वीरगंज महानगरपालिका १३, शिवनगरका लालबहादुर शाहको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि शनिबार बयोधा अस्पतालमा भर्ना भएका थिए।

सुगर र प्रेसरका समेत बिरामी शाहको राति मृत्यु भएको थियो। मृत्युपश्चात कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि परिवार र आफन्तलाई खबर गर्दा कोही आउन नमानेको र समुदायका व्यक्तिहरू मिलेर दाहसंस्कार गरेको वडाध्यक्ष तुफान अन्सारीले बताए।

मृतक हिन्दू धर्मावलम्बी भए पनि मृत्यु संस्कारमा आफन्त, नातेदार र छिमेकीहरू आउन नमानेपछि मुस्लिम समुदायका व्यक्तिहरूले दाहसंस्कार गरेका थिए। “शनिबार राति मृत्यु भएपछि अस्पतालबाट घरमा खबर भएछ, जेठो छोरा क्वारेन्टिनमा छन्, परिवारमा अरू सानो १५,१६ वर्षका छोरा, ज्वाईं र श्रीमती छन्। तर छरछिमेकलाई खबर गर्दा कोही पनि आउन नमानेको खबर आयो। त्यसपछि म आफैं घाटमा गएर हिन्दू धर्म मान्ने मान्छेहरूलाई टेलिफोनमा सोधेर दाहसंस्कार अगाडि गर्नुपर्ने काम सकेर दाहसंस्कार गरिदियौं,” वडाध्यक्ष अन्सारीले टेलिफोन सम्पर्कमा भने।

कपाल खौरिदिने मान्छे पनि नभएपछि मृतकको शव अस्पतालबाट घाटसम्म पुर्‍याउने एम्बुलेन्सका चालकले नै म गर्छु भनेर खौरिदिए,उनले भने। दाहसंस्कार गर्ने बेलामा पुर्‍याउनुपर्ने प्रक्रियाबारे नजिकै रहेको राधेमाईमा गएर आफैंले बुझेको र त्यहाँका व्यक्तिहरूले सहयोग गरेको अन्सारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>