गण्डकी

नवलपुरमा पत्रकार कोरोना संक्रमित भएपछि महासंघको सबै काम बन्द

Banner

चितवन, साउन २९-

नवलपुरमा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार महासंघ नवलपुरको सम्पूर्ण कामकारबाही एक हप्तालाई बन्द गरिएको छ ।

पत्रकार महासंघ पूर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाटले बुधबार एक विज्ञप्ति जारी गर्दै एक हप्तालाई महासंघको सम्पूर्ण कामकारबाही रोकिएको जानकारी दिनु भएको हो । विज्ञप्तिमा महासंघले सहकर्मी साथी कोरोनाबाट संक्रमित भएको घटनाले स्तब्ध भएको उल्लेख गरेको छ ।

यो परिस्थितिमा कुनै पनि पत्रकार साथी बिचलित नहुन र संयमित भएर उहाँको सम्पर्कमा आएका पत्रकार साथीहरुले पत्रकार महासंघमा सम्पर्क गरेर कोरोना परीक्षण गर्न पनि महासंघले विज्ञप्तिमा अनुरोध गरेको छ ।  महासंघले सदस्यता नविकरण र नयाँ सदस्यताको म्याद साउन मसान्त भनिएकोमा कोरोनाको संक्रमण बढन थालेका कारण साउन २९ देखि एक हप्ता सम्मका लागि महासंघको कार्यालय बन्द गरिएको र सो नविकरण र नयाँ सदस्यता समेत एक हप्ता पछि सरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>