खेलकुद

कोरोना महामारीले विश्वकप छनौट खेल स्थगित

Banner

काठमाडौँ, साउन २८-

कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ।

एसियाली मुलक र विश्व भर फैलिने क्रममा रहेको कोरोना भाइरसको महामारीलाई कारण देखाउँदो एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जारी सूचनामा उल्लेख गरेको छ। एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन । कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचनामा जनाएको छ।

२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेलअन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ। असोज र कार्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका रहेको थियो। यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ । नेपालले असोज २२ गते चाईनिज ताईपेइसँग र ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो। यस्तै कार्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका सार्वजनिक भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>