चितवन विशेष

कुसुमखोलाका चेपाङ परिवारलाई समाजसेवी कुवँरले गरे आर्थिक सहयोग

०
Banner

चितवन, साउन १८–

चितवन चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आइरहेका दुई चेपाङ घरमा आगजनी गरेपछि घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

चेपाङहरुको आवास निर्माणका लागि समाजसेवी तथा चक्रपथ सरसफाइ अभियन्ता ताराबहादुर कुवँरले चेपाङ परिवारलाई नगद रकम हस्तान्तरण गर्नुभएको छ । समाजसेवी कुवँरले आफ्नो ब्यक्तिगत ४१ हजार रुपैयाँ चेपाङ बस्ती निर्माणको लागि सहयोग हस्तान्तरण गर्नुभएको हो । सो रकम माडी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष शिवहरि सुवेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिती गठन गरि उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

घर बनाउन सहज होस् भन्ने उद्देश्यले नगद नै सहयोग गरिएको समाजसेवी कुवँरले बताउनुभयो । आफ्नो सहयोगले चेपाङ बस्तीमा थोरै भएपनि मल्हम पट्टि लगाउन मद्दत पुग्ने कुवँरले विश्वास व्यक्त गर्नुभयो । समाजसेवी कुवँरले यसअघि कोभिड–१९ को बेला काठमाडौमा १६ हप्ता खाद्यान्न लगायतका सामग्री राहत बाड्नु भएको थियो । कुवँर नेपाल हेभी ईकुप्मेन्ट तथा चक्रपथ सरसफाईका अभियन्ता पनि हुनुुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>