चितवन विशेष

कुसुमखोलाका चेपाङ परिवारलाई समाजसेवी कुवँरले गरे आर्थिक सहयोग

Banner

चितवन, साउन १८–

चितवन चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आइरहेका दुई चेपाङ घरमा आगजनी गरेपछि घर निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

चेपाङहरुको आवास निर्माणका लागि समाजसेवी तथा चक्रपथ सरसफाइ अभियन्ता ताराबहादुर कुवँरले चेपाङ परिवारलाई नगद रकम हस्तान्तरण गर्नुभएको छ । समाजसेवी कुवँरले आफ्नो ब्यक्तिगत ४१ हजार रुपैयाँ चेपाङ बस्ती निर्माणको लागि सहयोग हस्तान्तरण गर्नुभएको हो । सो रकम माडी नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष शिवहरि सुवेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिती गठन गरि उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

घर बनाउन सहज होस् भन्ने उद्देश्यले नगद नै सहयोग गरिएको समाजसेवी कुवँरले बताउनुभयो । आफ्नो सहयोगले चेपाङ बस्तीमा थोरै भएपनि मल्हम पट्टि लगाउन मद्दत पुग्ने कुवँरले विश्वास व्यक्त गर्नुभयो । समाजसेवी कुवँरले यसअघि कोभिड–१९ को बेला काठमाडौमा १६ हप्ता खाद्यान्न लगायतका सामग्री राहत बाड्नु भएको थियो । कुवँर नेपाल हेभी ईकुप्मेन्ट तथा चक्रपथ सरसफाईका अभियन्ता पनि हुनुुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>