खैरहनी

जनताको घरदैलोमा कृषि मन्त्री लामा, माग अनुसारको बजेट नपरेको गुनासो

०
Banner

चितवन, साउन १७–

बागमती प्रदेशका भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जनताको घरदैलोमा पुगि उनीहरुको गुनासा सुन्न थालेका छन् । गृहनगर चितवनको राप्ती आउँदा मन्त्री लामाले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गरि गुनासाहरु सुन्ने र समाधानको काम गर्दै आएका छन् ।

यसै सिलसिलामा कृषि मन्त्री लामाले शनिबार आफ्नो क्षेत्रको खैरहनी नगरपालिकाका विभिन्न क्षेत्रमा पुगि जनताका गुनासा सुनेका छन् । उनले खैरहनी–६ को तुलसीपुर, १२ को कपिया र १० को कठारमा जनतासंग भेटघाट गरेका हुन् । त्यस क्रममा स्थानीय जनताहरुले प्रदेशबाट बिनियोजन हुने कार्यक्रम तथा बजेट आफ्नो क्षेत्रमा माग अनुसारको नपरेको भन्दै मन्त्री समक्ष गुनासो गरे ।

साथै बजेट कार्यन्वयनमा सहज पार्न, कृषितर्फ सिँचाइ र मेसिनरी औजार उपलब्ध गराउन, कृषि सडकलाई प्राथमिकता दिन, चरम रुपमा अभाव भएको युरिया मल आपूर्ति गर्नुपर्ने लगायत माग गरेका थिए । कतिपयले राप्ती नगरपालिकाको तुलनामा खैरहनीमा निकै कम बजेट पर्ने गरेको भन्दै गुनासो पोखे थिए ।

जवाफमा कृषि मन्त्री लामाले शून्य अवस्थामा सुरु भएको प्रदेश सरकार पहिलो र दोस्रो वर्ष कानुन बनाउन केन्द्रित भए पनि विकासको काम पनि संगै लगेको बताए । प्रदेश सरकारको औचित्य नभएको भन्ने कतिपयले भन्ने गरे पनि यो अबधिमा सरकारबाट थुप्रै काम भएको मन्त्री लामाको दाबी थियो ।

प्रदेश सरकारले चितवनमा कृषि र पशुपालनमा करोडौंको योजना विनियोजन गरेको उल्लेख गर्दै उनले बिस्तारै कृषि क्षेत्रले फड्को मार्ने आशा समेत व्यक्त गरे । जनताका असिमित माग हुनु स्वाभाविक रहने भन्दै मन्त्री लामाले क्रमशः त्यस्ता मागहरु सम्बोधन हुँदै जाने र गुनासो गर्ने ठाउँ नदिने आश्वासन दिए ।

भेटघाटका क्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्थका प्रतिनिधि लगायत स्थानीयबासी उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>