इच्छकामना

चितवनको कुरिनटार र जलविरेमा पहिरो खस्यो

Banner

चितवन, साउन १७–

चितवनमा आज (शनिबार) विहान दुई ठाउँमा पहिरो खसेको छ । जिल्लाको पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा आज विहानै ४ बजे पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । आज विहान ४ बजेको समयमा अविरल वर्षाका कारण कुरिनाटरमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरोको कारण सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

यस ठाउँमा केहीदिन अघि पनि पहिरो खसेको थियो । पानी परिरहेकोले पहिरो हटाउने काम भएको छैन । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा पनि पहिरो खसेको छ । विहान ४ बजे नै सो ठाउँमा पहिरो खस्दा बाटो एकतर्फी रुपमा मात्रै संचालनमा छ ।

जलविरे पनि पहिरो खसिरहने ठाउँ हो ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>