इच्छकामना
कुरिनटारमा पहिरो खस्यो, बाटो अवरुद्ध
०

चितवन, साउन १५–
चितवनको कुरिनटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटारमा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज (बिहीबार) विहान ८ः५५ बजेको समयमा अविरल वर्षाका कारण कुरिनाटरमा पहिरो खसेको हो । जसका कारण बाटो पूर्णरुपमा अवरुद्ध बनेको छ ।
पानी परिरहेकोले पहिरो हटाउन समय लाग्ने प्रवक्ता थापाले जानकारी दिए ।
पहिरोको कारण सवारी साधनहरु बाटोमै रोकिएका छन् । काठमाडौं जाने र उताबाट फर्किने सवारी साधन जाममा परेका छन् ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























