चितवन विशेष

बागमती प्रदेश ट्राफिक कार्यालबाट चितवन ट्राफिकका प्रमुख भट्टसहित ८ सम्मानित

Banner

चितवन, साउन १४–

एक वर्षको अवधिमा उत्कृष्ट कार्य गरेको भन्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई सम्मान गरेको छ ।

एक कार्यक्रमकाबीच प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवन ट्राफिक प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टसहित ८ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रदेश ट्राफिक प्रमुख प्रकाश रानाभाटले चितवन ट्राफिक प्रमुख भट्ट, ट्राफिक प्रहरी कार्यालयमै कार्यरत प्रहरी नायव निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर घिसिङ, प्रहरी हवल्दार हरेराम खतिवडा, माधव खतिवडा, बाबुराम न्यौपाने, ट्राफिक प्रहरी जवानहरु अर्जुन अधिकारी र रमेशदत्त भट्टलाई सम्मान पत्र प्रदान गरे ।

एक वर्षको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न महत्वपूर्ण कार्यहरु गरेको छ । लकडाउन अवधिमा कडाई र चेकजाँचमा चितवन ट्राफिक प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । चितवन ट्राफिक प्रहरी कार्यालयले लकडाउन उल्लंघन गर्ने एक हजार बढी सवारीलाई कारवाही गरेको थियो भने अलपत्र परेका हजारौं यात्रुलाई गन्तव्यमा पठाएको थियो । यस्तै ट्राफिक सचेतना अभियान अन्तरगत सडक छेउमा साँकेतिक बोर्डहरु राख्ने, सडकमा जेब्रा क्रस र रेखाङकन गर्नेलगायतका काम गरेको थियो ।

प्रदेश कार्यालयको यो सम्मानले चितवन जिल्लामा अझै उत्कृष्ट कार्य गर्न प्रोत्साहन मिलेको चितवन ट्राफिक प्रमुख भट्टले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>