गण्डकी

मध्यविन्दुमा एक जना मृत फेला

Banner

नवलपुर, साउन १४-

नवलपुरको मध्यविन्दुमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार ६५ वर्षका सुवास गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार वडा नम्बर १२ बेलहानी स्थित भित्री सडक खण्डको नालामा बुधबार बिहान ८ बजेतिरको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक गुरुङ अन्यत्रबाट आएर माग्दै डुल्दै हिड्ने व्यक्ती रहेको र हिड्ने क्रममा लड्दा ढुङ्गामा टाउको ठोकिन गई चोट लागेर नालामा खसेको प्रहरीले जनाएको छ । प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि चोरमारा प्राथमिक स्वास्थ्य चौकीमा राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>