गण्डकी

नवलपुरमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन १४

मोटरसाइकल चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर) ले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका १० मगरकोट निवासी तारा बहादुर महतोको लु ३० प ५२५७ नम्बरको पल्सर मोटरसाइकल साउन १२ गते राति पिढींमा राखेको अवस्थामा चोरी भएको थियो । महतोले चोरी भएको बारे मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले चोरको खोजी सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा चोरहरुको बारेमा सुराक पत्ता लगाई बुझ्दा उक्त मोटसाइकल कावासोती १५ शेरगञ्ज निवासी २६ वर्षका शंकर तामाङ , सोही ठाउँका १९ वर्षका उमेश महतो र १९ वर्षकै दुलामनी महतोले चोरी गरेको खुल्न आएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । पक्राउ परेका तिनै जनालाई चोरी मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान भइरहेको खाँणले बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>