चितवन विशेष
भरतपुरको नवजागृति वनमा परिषद् सदस्यको शपथ ग्रहण
०

चितवन, साउन १४-
भरतपुर महानगरपालिका–११ चितवनको नवजागृति सामुदायिक वनका परिषद् सदस्यले आज शपथ ग्रहण गरेका छन् ।
वडाको विभिन्न टोलबाट छानिएर आएका २०८ जना परिषद् सदस्यले शपथ लिएका हुन् । कार्यक्रममा वनका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले परिषद् सस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । नव जागृति सामुदायिक वनका अध्यक्ष पुस्तकप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बाबुराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























