चितवन विशेष

बघौडा अस्पताललाई पंखा र इन्भर्टर सहयोग

Banner

राकेश चौधरी

चितवन, साउन १४–

चितवनको माडीस्थित बसन्तपुरमा रहेको बघौडा अस्पताललाई आज (बुधबार) पंखा र इन्र्भटर र व्याट्री सहयोग गरिएको छ ।

कमर्सियल एग्रो एण्ड डेभलपर्स ग्रुप प्रा.लि.मार्फत गायक योगेश्वर अमात्यले दुई थान पंखा र एक सेट इन्भर्टर र व्याट्री सहयोग गरेको हो ।
बुधबार अस्पतालमै पुगेर कमर्सियल एग्रो एण्ड डेभलपर्स ग्रुप प्रा.लि.सूर्यबहादुर भण्डारीले बघौडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) आलोक कुमारलाई हस्तान्तरण गरे ।

बघौडा अस्पताललाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आइरहेका छन् । कमर्सियल एग्रो एण्ड डेभलपर्स ग्रुप प्रा.लि.ले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>