कालिका

चितवनका मोहन पौडेल पाँच दिनदेखि बेपत्ता, खोजी दिन परिवारको आग्रह

Banner

चितवन, साउन १३–

पूर्वीचितवन कालिका नगरपालिका–६, खोलेसिमलका मोहन पौडेल पाँच दिनदेखि बेपत्ता भएका छन् । साउन ९ गतेका दिन विहान ७ बजे घरबाट निस्किएका पौडेल सोही दिनदेखि सम्पर्कविहीन भएको परिवारजनले जनाएको छ ।

गैंडाकोट मामा घर जान्छु भन्दै घरबाट एक्लै हिडेका मोहन सोही दिनदेखि बेपक्ता भएको उनकी श्रीमती मनरुपा पौडेलले जानकारी दिइन् । पौडेलले श्रीमान्लाई खोजिदिन प्रहरी चौकी खोलेसिमलमा निवेदन समेत दिएकी छिन् ।

५० वर्षीय मोहन ५.३ फिट उचाईका छन् । उनी धर्के टिसर्ट र कालो पाइन्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । उनकी श्रीमती मनरुपाले फेला पार्नुहुनेले नजिकै प्रहरी कार्यालयमा खबर गरिदिन समेत आग्रह गरेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>