राजनीति

ओलीलाई हटाएर अरु कोही प्रधानमन्त्री बने दुर्घटना हुन्छः नेता गजुरेल

Banner

काठमाडौं,साउन १३-

नेकपा (क्रान्तीकारी माओवादी) का नेता सिपी गजुरेलले परिणाममा आउने गरी जनताको पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता गजुरेलले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीलगायत मुलुकमा व्याप्त समस्या समाधान गर्न सरकार िक्रयाशिल हुनुपर्ने उल्लेख गर्दै नेपालमा एमसीसी राष्ट्रिय हित विपरीत आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब न्यायलयबाट नै आम मानिसले न्याय पाउने अवस्था रहेन, केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकारा दिने काम गरेको छ, अपराधीलाई कारवाही गर्नुको सट्टा प्रोत्साहन गरिएको छ ।”

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरिसकेका पुष्पकमल दाहाल, माधव नेपाल वा शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन दुर्घटनाको बाटो हुने बताउँदै देशमा देखापरेका समस्या समाधानको बाटो प्रधानमन्त्रीको राजीनामा नभएको प्रष्ट पार्नुभयो ।

पछिल्लो समय देशमा देखा परेका तमाम समस्याको निकासका लागि आफ्नो पार्टीले मोर्चा बनाएर यही साउन १५ गते काठमाडौँमा आन्दोलन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>