राजनीति

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रधानमन्त्रीलाई भेट्न गए प्रचण्ड र झलनाथ

Banner

काठमाडौं,साउन १३-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन्। यसअघि ओलीइतर समूहले बालुवाटारमै स्थायी कमिटी बैठक सुरू गरेको थियो। बैठकमा कोरम नपुगेपछि प्रचण्ड र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन्।

पटकपटक रोकिँदै आएको स्थायी समिति बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको थियो। प्रधानमन्त्री ओलीले बैठक अनिश्चितकालका लागि स्थगित गरे पनि प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए। प्रचण्ड र झलनाथ प्रधानमन्त्रीलाई भेट्न गएपछि स्थायी समिति बैठक अहिले अवरूद्ध भएको छ ।

प्रधानमन्त्री ओली पक्षधरले भने प्रचण्डले चलाएको बैठक औपारिक नभएर भेला भएको बताएको छ। ‘उहाँहरू १७ जना भेला हुनुभएको हो। त्यो बैठक होइन, हिजोअस्ति खुमलटारमा भेला हुनुहुन्थ्यो आज बालुवाटारमा हुनुभयो,’ ती नेताले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>