राजनीति

नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

Banner

काठमाडौँ, साउन १३-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ ।

तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको हाे। केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>