लुम्बिनी

दाङमा छ केजी अफिमसहित चार जना पक्राउ

Banner

दाङ, साउन १०

जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागूऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् । साउन ८ गते दाङको राप्ती गाउँपालिका एक रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागूऔषधको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागूऔषधको कारोबार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागूऔषध कारोबारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।
यसअघि पनि भालुवाङबाट लागूऔषधकै कारोबार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>