गण्डकी

बुलिङटारमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ६-

लगातार बर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एउटा घर पहिरोले पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।
सोमबार रातिको पहिरोले डाँडाझेरी टाँणीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती खिममाया नेपाली पहिरोमा पुरिएका थिए । उनीहरु दुवै जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

पहिरोले पुरिएका दम्पतीलाई इलाका प्रहरी कार्यालय बुलिङटारको टोलीले खोजतलास गर्दा दुवै जनालाई मृत फेला पारेको खाँणले जानकारी दिए । राति करिब तीन बजे तिर घर माथिबाट आएको ठूलो पहिरोमा परेर सार्की दम्पती नै हराइरहेका थिए । स्थानीयले बिहानैदेखि खोजतलास गर्ने क्रममा घरमा पुरिएको अवस्थामा सार्की दम्पतीको शव फेला परेको प्रहरीले जनाएको छ । घरसँगै पहिरोले सार्की दम्पती , बाख्रा, कुखुरा, सबै पहिरोले पुरेको छोरा धनवीर सार्कीले बताए । पानी धेरै परेका कारण पहिरो आएको र घर नै पहिरोले बगाएको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>