गण्डकी

कावासोतीमा खोलाले बिजुलीको पोल बगाउन थालेपछि नियन्त्रण सुरु

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ६

लगातारको बर्षाका कारण कावासोती खोलामा आएको बाढीले किनारको जमिन कटान गरेको छ ।

लगातारको बर्षाका कारण नवलपुरका साना तथा खहरे खोला समेत बढेपछि खोला किनारमा जमिन कटान गरिरहेको स्थानीयले जानकारी दिएका छन् । लगातारको बर्षाले कावासोतीको केरुङ्गे ( कावासोती ) खोला र पथ्थरे खोलामा बाढी आउँदा कटान गरिरहेको छ । कावासोती खोलाले कावासोती–१४ को हेगौलीमा बिजुलीको पोल बगाउन थालेपछि खोलाको कटान नियन्त्रणको काम थालिएको छ ।

कावासोती वडा नम्बर १४ का वडा अध्यक्ष जितबहादुर महतोसहित वडा सदस्य तथा स्थानीय समेतको पहलमा डोजर लगाएर खोला किनारमा च्यानालाइज गर्ने र जालीमा ढुंगा भरेर राख्ने काम थालिएको हो । निरन्तर रुपमा वर्षा भएमा वडा नम्ब १४, १५ र १६ का विभिन्न गाउँ र टोलमा बाढीले कटान गरेर बस्तीमा पस्न सक्ने भएकाले पानीको बहाब परिवर्तन गरेर नियन्त्रण गर्ने काम थालिएको वडा नम्बर १४ का अध्यक्ष महतोले बताए ।

यस्तैगरी बाणखोलामा समेत बाढी आएपछि कावासोती–१५ अमलटारी, कावासोती–१० चिलाहालगायतको गाउँमा डुबानको जोखिम बढेको छ । पानी नरोकिए खोलामा पानीको सतह बढेर गाउँमा नै पस्न सक्ने जोखिम बढेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>