गण्डकी

बुलिङंटारमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ६-

लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङंटार गाउँपालिका–२ डाँडाझेरीमा एउटा घर पहिरोले पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले दिएको जानकारी अनुसार सोमबार रातिको पहिरोले स्थानीय डाँडाझेरी टाँणीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको र घर समेत पुरेको हो ।

बेपत्ता भएका सार्की दम्पितीका छोरा धनवीर सार्कीले राति करिब तीन बजे तिर घर माथिबाट ठूलो पहिरो आएर बुबा र आमा बसेको घर नै सुतेकै अवस्थामा पहिरोले लगेको र बुबा आमा नै बेपत्ता भएको बताएका छन् । बुबा आमासँगै घरमा रहेका बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको धनवीरले बताए । घटना स्थलमा उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङटारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>