गण्डकी

इन्सेकद्वारा विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण

Banner

नवलपुर, साउन ५-

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकालाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मानव अधिकार संरक्षण तथा सम्वद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको विनयी त्रिवेणी गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहज होस् भन्ने उद्देश्यले ५०० थान माक्स, एक लिटर सेनेटाइजर र दुई थान थर्मल गन हस्तान्तरण गरिएको हो । इन्सेकले गठन गरेको मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका संयोजक धर्मराज जिसी, सदस्य तेजप्रसाद कोइराला र भुना पंगेनीले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष जिसीले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा जुनसुकै सानो सहयोगले पनि ठूलो महत्व राख्ने बताए । गाउँपालिकाले कोरोना रोकथामका लागि विभिन्न प्रयास गरिराखेको समयमा इन्सेकले अत्यावश्यकीय स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा समेत यस प्रकारको सहयोग र सहकार्य गर्न समेत उनले अनुरोध गरे ।
इन्सेक गण्डकी प्रदेशद्धारा नवलपुरको दुई स्थानीय तह कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सम्वद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालित छ । सोही कार्यक्रम अन्तरगत विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको परियोजना जिल्ला सहजकर्ता ज्ञानु पंगेनीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>