राजनीति

नेकपामा गुटगत भेला : खुमलटारमा प्रचण्ड पक्षीय स्थायी कमिटी सदस्यहरुको छलफल

Banner

काठमाडौं, साउन ५-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएपछि गुटगत भेलाहरु बाक्लिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन् ।

भोलि बस्ने स्थायी कमिटी बैठक बारेमा रणनीति बनाउन तत्कालीन माओवादी केन्द्र निकट नेताहरुलाई बोलाएर उनले छलफल गरिरहेको स्रोतले जनाएको छ । सो बैठकमा स्थायी कमिटीका सदस्य लेखराज भट्ट र रामबहादुर थापा बादलको भने उपस्थित नरहेको बताइएको छ ।

पूर्वमाओवादीहरू छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका हुन् ।

स्थायी कमिटीको बैठक पटक पटक सर्दै आइरहेको छ । आइतवार बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई मंगलवार सारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>