राजनीति

भारतमा नेपालीको जवरजस्ती कपाल मुण्डन गर्ने दुईजना पक्राउ

Banner

काठमाडौं,साउन २ –

भारतको बनारसमा एकजना नेपालीमाथि ज्यादतीमा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए। यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो।

भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा यसबारे आपत्ति जनाएपछि प्रहरी हर्कतमा आएको थियो। त्यसक्रममा दुईजनालाई पक्राउ गरिएको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन्। पाठकका अनुसार नेपालीको केस मुण्डन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीमा संलग्‍न दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका छन्। उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेका थिए। पाठक विश्‍व हिन्दु सेनामा कार्यरत रहेका खुलेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>