राजनीति

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीसँग फेरि मागे राजीनामा

Banner

काठमाडौं, साउन १-

पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताबीचको छलफलमा प्रचण्ड र नेता नेपालले ओलीसँग राजीनामा माग गरेका हुन्।

प्रचण्ड र नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै सन्देश राम्रो नगएको भन्दै राजीनामा गरी मार्ग प्रशस्त गर्न ओलीसँग आग्रह गरेको एक सचिवालय सदस्यले बताए ।

‘प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो। प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो।’

तीन नेताबीच झण्डै साढे दुई घण्टा भएको छलफलमा कुनै सहमति नभएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) सम्झौता आदि विषयमा विवाद छ । पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटकपटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएकोे स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल हुन थालेको हो ।

असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो । स्थायी कमिटीको बैठक असार १० गतेदेखि शुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>