गण्डकी

नवलपुरमा पहिरो वारपार गराए बापत पाँच सय रुपैयाँ

Banner

ज्ञानु पंगेनी

नवलपुर , असार ३१

अविरल वर्षाका कारण नवलपुरको पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो जादा सडक अवरुद्ध हुन पुगेको छ ।

नवलपुरको देवचुली नगरपालिकाको दलदले हुँदै पहाडी गाउँपालिका बुलिङटार र बौदीकाली गाउँपालिका जाने विभिन्न ठाउँमा साना साना पहिरो जादा सडक अवरुद्ध बन्न पुगेको हो ।  तर, विपद्का बेलामा सहयोग गर्नुपर्ने ठाउँमा कतिपय स्थानीय बासिन्दाले भने मौकाको फाइदा उठाएका छन् । दलदलेबाट पहाडी क्षेत्रमा जाने सडकको कुमसोत र पाङ्ग्रे भन्ने ठाउँको बीचमा सडकमा पहिरो गएर बाटो हिलाम्मे बनेपछि सवारी आवतजावतमा समस्या भएको छ । तर, यस क्षेत्र आसपासका केही स्थानीय बासिन्दाले भने उक्त पहिरो खसेको स्थानबाट मोटरसाइकल वारपार गराए बापत ५०० रुपैयाँ लिने गरेका छन् । यहाँ करिब ५० मिटर क्षेत्रमा पहिरो खसेको छ ।

पहिरो खसेको ठाउँमा अलिअलि मर्मत गर्ने र ५०० रुपैँया लिएर आउने जाने मोटरसाइकल पार गराउने गरेको बौदीकाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेमबहादुर थापा मगरले जानकारी दिए । उनी काम विशेषले सदरमुकाम झरेको र फर्कने बेलामा पहिरोका कारण मोटरसाइकल पार गराउन नसकेपछि ५०० रुपैयाँ तिरेर मोटरसाइकल पार गराएको उनले बताए । उनले यसरी पैसा लिएर वारपार गराउन उचित नहुने पैसा हुनेले त दिनन्छन् नहुनेलाई समस्या पर्छ यस्तो काम नगर्न भनेर आग्रह गर्दा बाटो आफूहरुको क्षेत्र पर्ने र मर्मत पनि आफै गरेर वारपार गराउँदा केही फरक नपर्ने भनेर जवाफ दिएको उनले बताए । उनले त्यस्तो काम नगर्न आग्रह गरेर आफू आएको समेत बताए ।  उक्त बाटो भएर दैनिकरुपमा पहाडी क्षेत्रका सयौँ मोटरसाइकल आवतजावत गर्ने भएकाले यस किसिमको क्रियाकलापले आम सर्वसाधारण नागरिकलाई समस्या पर्ने भएकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिन आवश्यक रहेको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>