राजनीति
राम भारतीय होइनन्, रामको राज्य अध्योध्या नेपालको ठोरीमै छः प्रधानमन्त्री

काठमाडौं,असार २९-
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’ ‘अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ त्यहाँ’ प्रधानमन्त्री ओलीले अघि भनेका छन् ।
अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन। यसो भन्दा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने उनले बताए ।






















