राजनीति
पाँच वर्ष ओली सरकारले निरन्तरता पायो भने नेकपा समाप्त हुन्छः झलनाथ खनाल
०

काठमाडौं,असार २९-
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने पार्टी समाप्त हुने बताएका छन् । आज (सोमबार) भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’
सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । उनले पार्टी भित्रै सुधारको आवश्यकता रहेको बताए । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ । जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं,उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















