राजनीति

भारतीय सञ्चारमाध्यममा प्रशारण भएको सामग्रीप्रति मुख्यमन्त्रीको आपत्ति

Banner

हेटौंडा,असार २५-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचार सामग्री प्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।”

मुख्यमन्त्री पौडेलले एकाइसौँ शताब्दीको मानव चेतनाविपरीत छिमेकी देशकी एक कर्मशील महिला कर्मचारी तथा अर्को छिमेकी देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वको गरिमाको सामान्य ख्यालसमेत नराखी, बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको बताउनुभएको छ ।

उहाँले यस्ता नेपालविरोधी हर्कत प्रम विरुद्धको लड़ाइँ मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण भएकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने बताउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>