चितवन विशेष

आफन्तले मृत्यु भएको भनेका युवकलाई चितवन मेडिकल कलेजले बचायो

०
Banner

चितवन, असार २३–

गत जेठ २९ गते चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै एक समूहले अस्पतालमा तोडफोड गर्‍यो । दिउँसो ३ बजेको समयमा उपचारकै क्रममा रहेका बिरामीको मृत्यु भएको हल्ला फैलाएर अस्पतालमा तोडफोड हुँदा अस्पताल केहीबेर अशान्त बन्यो । अस्पतालले तत्कालै विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको र उपचारकै क्रममा रहेको उल्लेख गरेको थियो । अन्ततः ती उपचाररत बिरामी भरतपुर महानगरपालिका वडा नं.२२ का १८ वर्षीय आशिष वि.क.पूर्णरुपमा निको भएर आज (मंगलबार) डिस्चार्ज भएका छन् ।

डिस्चार्ज पश्चात बोल्दै आशिषले भने–‘चितवन मेडिकल कलेजले मलाई राम्रो उपचार दिएर नया“ जीवन दियो, म अस्पतालप्रति आभारी छु ।’ उनले थपे–‘अस्पताल आउँदा म अचेत थिए, अहिले घर जान पाउँदा खुशी छु ।’

गत जेठ २७ गते ज्वरो, पेट दुखाईका कारण उनलाई सिएमसीमा भर्ना गरिएको थियो । ‘सेप्टेसीमिया’ भएको कारण शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालले बिरामीको आफन्तको लिखित स्वीकृति लिई विशेषज्ञ शल्यचिकित्सकले आकस्मिक शल्यक्रिया गरेका थिए । सो क्रममा संक्रमण भएर कुहिएको अवस्था देखिएपछि चिकित्सकले आफन्तहरुलाई थप जानकारी गराएको थियो । तर भोलि पल्ट पनि ज्वरो आउने र युएजी गर्दा पेटको भित्रि भागमा रगत जमेको र संक्रमण भएको देखिएको थियो ।

त्यसपश्चात पनि आफन्तको पुनः स्वीकृति लिई जेठ २९ गते शल्यक्रिया गरी पेट खोलेर सफा गरी सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही अवस्था देखेपछि एक समूहले अस्पतालमा बिरामीको मृत्यु भएको भनि हल्ला फैलाएर तोडफोड गरेको थियो । सो क्रममा अस्पतालका कर्मचारी माथि समेत हातपात भएको थियो । अस्पतालले आशिषलाई पूर्ण निको बनाएर घर पठाउन पाएको खुशी व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>