देश/प्रदेश
सांसद गिरीलाई संसद र पार्टीबाट निश्काषन गर्न सिफारिस
०

काठमाडौं, असार २३–
सरकारले जारी गरेको नयाँ नक्साको बिरोधमा उत्रिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद र पार्टीबाट कारवाही गर्न सिफारिस गरिएको छ ।
पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई पार्टी कार्यदलले कारबाहीका लागि सिफारिस गरिएको हो ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।
जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















