देश/प्रदेश

आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ प्रहरी प्रमुख नियुक्त गरिने

Banner

काठमाडौं, असार २३–

सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ । आज (मंगलबार) अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको आन्तरिक द्धन्द्धका बारेमा केन्द्रित हुने छैन ।

आजको बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

सोही कारण सरकार नयाँ प्रहरी प्रमुख नियुक्त गर्न बैठक बोलाएको हो । सरकारले नयाँ महानिरीक्षकमा शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मध्ये एक जनालाई नियुक्त गर्नेछ ।

यी दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>