गण्डकी

देवघाटमा ७४ जनालाई १६ दिनको रोजगारी

Banner

देवघाट, असार २१

कोबिड–१९ का कारण देशव्यापी लक डाउनको अवधिमा देवघाट गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७४ जनाले औषत १६ दिनको रोजगारी प्राप्त गरेका छन् ।

देवघाट गाउँकार्यपालिका कार्यालयको गत चैत ५ गतेको निर्णय तथा मन्त्रालयको प्राथमिकीकरण बमोजिम सबै वडामा योजना छनौट गरी कार्यान्वयन गरिएको हो ।

गत आर्थिक वर्षमा रोजगारीका लागि ५३३ जनाले निवेदन दिएकामा २१२ जनालाई ईएमआईएस मा दर्ता गरी प्रथमिकताका सूचीकृत बेरोजगार व्यक्तिहरूलाई रोजगारी दिने गरी, कृषि तथा सिंचाई, वन तथा जलाधार, पर्यटन प्रवद्र्धन तथा श्रममूलक सामुदायिक आयोजना सञ्चालन गरिएको गाउँपालिकाका रोजगार संयोजक ध्रुव आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए ।

जसअन्तर्गत बसेनीटार सिंचाई कुलो मर्मत देवघाट–१ मा १८ जना, दरैटार कुलो मर्मत देवघाट–२ का १५ जना, ठाडो खोला गोन्द्राङ पहिरो नियन्त्रण तथा ग्याबिन जाली निर्माण देवघाट–३ मा १५ जना ऐतिहासिक सिन्च्यांङ गढी कालिका मन्दिर जाने पदमार्ग निर्माण देवघाट–४ मा १४ जना र भर्जन खोला कल्वर्ट निर्माण देवघाट–५ मा १२ जना गरी कुल ७४ जनाले रोजगारी प्राप्त गरेका छन । उक्त योजना सम्पन्न गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सशर्त अनुदान १० लाख र वडास्तरीय योजना मार्फत् ७ लाख विनियोजन गरेको थियो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन कार्यविधि अनुसार कुल बजेटको ७०५ श्रमिकको ज्यालामा र बाँकी निर्माण सामग्रीमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।

लक डाउनका कारण बेरोजगार बनेका दैनिक ज्यालामा आश्रित सूचिकृत बेरोजगार प्रत्यक्ष लाभान्वित बनेको गाउँपालिकाले जनाएको छ । देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समेत रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ । देवघाट गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई अगामी आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्ने, कोबिड–१९ का कारण देश भित्र वा वैदेशिक रोजगार गुमाई फर्केकाहरुका लागि समेत प्रदेश तथा केन्द्र सरकारलगायत सरोकारवालाको समन्वयमा रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक आचार्यले बताए । कामका लागि पारिश्रमिक मार्फत् गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान नीति अवलम्वन गरेको उनको विचार छ ।

आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सशर्त अनुदान ५१ लाख ९० हजार र गाउँपालिकाको २५ लाख गरी कुल ७६ लाख ९० हजार बिनियोजन गरी कम्तिमा सूचिकृत १०० जनालाई १०० दिनको रोजगारी ग्यारेन्टी गरिएको छ । देवघाट गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक सुरक्षामा आधारित न्यूनतम रोजगारी, सिप विकास मार्फत् स्वरोजगार उन्मुख समृद्ध गाउँपालिका निर्माणको दिशामा अघि बढेको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>