समाज
प्रधानमन्त्रीको पक्षमा कैलालीको टीकापुरमा प्रदर्शन
०

टीकापुर,असार २१-
सत्ताधारी दल नेकपामा विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा प्रदर्शन भएको छ। भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै टीकापुरमा प्रदर्शन भएको हो।
प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवा, विद्यार्थी र सर्वसाधारणहरूले ुराष्ट्र नायकु केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावादु भन्दै नारा लगाएका थिए। अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैनु, भन्दै प्रदर्शनकारीहरूले नेकपा नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओली देशभक्त र राष्ट्रवादी नेता भएकोले उनको पक्षमा उभिन आव्हान गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























