राजनीति

मन्त्री र राज्यमन्त्रीसंग प्रधानमन्त्री ओली छलफलमा

Banner

काठमाडौं, असार २०–

राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्ना मन्त्रीहरुसंग छलफल गरिरहेका छन् । शनिबार साँझ शीतलनिवास पुगेर फर्केपछि ओली अहिले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसंगको छलफलमा जुटेका हुन् ।

अनौपचारिक बैठमा के कुरामा छलफल भइरहेको छ त्यो खुलाईएको छैन । यस्तै प्रधानमन्त्रीओलीले राष्ट्रपतिसंग के विषयमा कुराकानी गरे भन्ने बारे पनि बाहिर सार्वजनिक भएको छ । स्रोतका अनुसार अहिले गम्भिर रुपमा पार्टी हुन सक्ने संभावनाका बारेमा छलफल भइरहेको छ ।

अहिले बालुवाटारमा ठूलो संख्यामा संचारकर्मीहरुको उपस्थिति रहेको छ । आजको मन्त्रीहरुसंगको छलफलबाट आउने निश्कर्षलाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिसंग छलफलमा जुट्दा सोही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्यहरुसंग गम्भिर छलफलमा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>