समाज
नहरमा हामफालेका युवकको शव फेला
०

कञ्चनपुर, असार २०-
भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ ।
हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























