कालिका

कालिकाकी कोरोना संक्रमित महिला गर्भवती, कतारबाट आएकी थिइन्

Banner

चितवन, असार १८–

बुधबार राती कोरोना भाइरस संक्रमण पुष्टि भएकी पूर्वीचितवन कालिका नगरपालिकाकी एक महिला कतारबाट आएको खुलेको छ ।

कालिका–७ की २७ वर्षीया ती महिला असार ७ गते कतारबाट आई जुटपानीस्थित क्वारेन्टिनमा बसेकी थिइन् । ९ महिनाकी गर्भवती महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

यस्तै बुधबार राती नै कोरोना पुष्टि भएका कालिका–१ का ३६ वर्षीय पुरुष भारतबाट आएको खुलेको छ । ती पुरुष असार २ गते भारतबाट सुनौली नाका हुँदै नेपाल आएका थिए । उनी आएदेखि नै स्थानीय समीपुर क्वारेन्टिनमा रहेका थिए ।

बुधबार मात्रै चितवनका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् ।

योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>