चितवन विशेष

नारायणी सामुदायिक र सेन्ट्रल हस्पिटलमा उपचाररत तीन जना बिरामीमा कोरोना पुष्टि

Banner

चितवन, असार १७–

चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक हस्पिटल र सेन्ट्रल हस्पिटल भरतपुरमा उपचाररत तीन जना बिरामीमा आज (बुधबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा नारायणी सामुदायिक हस्पिटलमा उपचाररत २ जना र सेन्ट्रल हस्पिटल उपचाररत एक जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर महानगरपालिका–७ का ६१ वर्षीय पुरुष र १२ वर्षकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । यसअघि नारायणी सामुदायिक हस्पिटलमै एक चिकित्सकसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये कोरोना पुष्टि भएका भरतपुर–११ का ६७ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।

यसैगरि सेन्ट्रल हस्पिटल भरतपुरमा उपचाररत गोरखा जिल्लाको मनकामना बस्ने ३० वर्षको महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>