चितवन विशेष

बरदान अनलाइन स्टोरको नयाँ शाखा चितवनमा

Banner

चितवन, असार १६–

बरदान अनलाइन स्टोरले चितवनमा शाखा विस्तार गरेको छ । आफ्नो सेवा शुभारम्भ गरेको छोटो समयमै शाखा विस्तार गर्न सफल भएको हो । बरदानले सोमबारदेखि औपचारिकरुपमा चितवनबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।

चितवनको हाकिमचोकबाट बदरदानको सेवा शुभारम्भ गरिएको शाखा प्रमुख कुशल बरालले जानकारी दिए । उनका अनुसार शाखा शुभारम्भ भए पनि केही प्राविधिक काम बाँकी रहेकाले केही दिनपछि मात्रै सेवा सञ्चालन गरिनेछ ।

पोखरामा प्रधान कार्यालय रहेर गत वैशाखदेखि बरदानले सेवा शुभारम्भ गरेको थियो । यसले विशेषगरि दैनिक उपभोग्य सामान होमडेलिभरी गर्ने गर्दछ । विश्वमा फैलिएको कोरोना भाइरस महामारी र त्यसले सिर्जित गरेको लकडाउनलाई मध्यनजर गर्दै बरदानले अनलाइन स्टोरले सञ्चालन गरेको हो ।

ग्राहकले वरदानको वेभसाइट https://www.bardanstore.com/ मार्फत सामान अर्डर गर्न सक्नेछन् ।

कम्तिमा एक हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरी गरिदिने स्टोर्सका सञ्चालक सन्जिव पौडेलले जानकारी दिए । उनका अनुसार एक हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा ग्राहकले एक सय रुपैँया डेलिभरी शुल्क स्वरुप बुझाउनु पर्नेछ ।
सञ्चालक पौडेलले अहिले शुरुआती चरण भएकाले दैनिक उपभोग्य ग्रोसरी र केही इलोक्ट्रोनिक्स सामान होम डेलिभरि गर्न लागिएको र आगामी दिनमा अरु सामानको पनि डेलिभरि गरिदिने बताए ।

होमडेलिभरि गर्दा सुरक्षित तरिकाले गरिने पनि पौडेलले बताए । उनका अनुसार सामान घरसम्म पुर्‍याउने बेला प्रोटेक्टिभ सामग्री प्रयोग गरिने छ । यस्तै सामानलाई छोप्ने प्लास्टिकलाई समेत स्यानिटाइज गरिने छ ।

समान अर्डर गरिसकेपछि उपभोक्ताले इसेवा, खल्ती, फोनपे तथा मोबाइल बैंकिङ सेवा मार्फत पनि भुक्तानी गर्न सक्नेछन् सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>