प्रदेश १

कुलोले बगाउँदा एक बालकको मृत्यु

Banner

ताप्लेजुङ, असार १५-

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामका सात वर्षे बालक रविन दर्जीको नेबु खोला नजिकैको कुलोमा बगेर ज्यान गएको छ ।

सिनाम जौबारी बस्ने सबिना दर्जीका छोरा रबिनलाई नेबु खोला नजिकैको कुलोमा बगेर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । करिब ११ बजेतिर घरबाट निस्किएका रबिनलाई कुलोको पानीले होम पाईप भित्री भाग सम्म लगेको थियो । मृत अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि ताप्लेजुङ अस्पताल ल्याईएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>