कृषि

बारा, पर्सा र सर्लाहीमा भारतबाट छिर्‍यो सलह, थप अध्ययन गर्दै कृषि मन्त्रालय

Banner

बारा,असार १३-

भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्। बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख हुमागाईँले भने, ‘बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ । कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा जानुभएको छ।’

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने उनले बताएका छन् । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने पनि हुमागाईँले जानकारी दिएका छन्।

नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको उनले बताए ।  केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>