अर्थ

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौं, असार १२-

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ । बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ । यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>