प्रदेश २

जनकपुर उपमहानगरको बैठकमा कुटाकुट

Banner

जनकपुरधाम, असार ९-

जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा कुटाकुट भएको छ ।

मेयर लालकिशोर साह र उपमेयर रिता झा मिश्रको एकल प्रणालीलाई विरोध गर्दै कुटाकुटदेखि म्याइन्युट च्याताच्यातसम्म भएको हो। जनकपुरधाम उपमहानगरको सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेपछि घम्साघम्सीको क्रममा म्याइन्युट च्यात्नेदेखि हातपात हुँदै कुर्सी तोडफोडसम्म भएको हो।

असार ९ ल्याउन लागेको नगराको नीति तथा कार्यक्रमा लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगरप्रमुखको एकल शासनप्रति विरोध जनाएपछि घम्साघम्सी भएको थियो। वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण र नीति तथा कार्यक्रममाथि जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आक्रोशित भई दोहोरो बादविवाद भएको थियो। बैठकमा उपस्थित जनकपुर ७ का वडाध्यक्ष जानकीराम साहले नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेपछि माइन्युट च्यातेको स्वीकारे। उनले भने, ‘बैठकमा नगर प्रमुख साहले जबर्जस्ती माइन्युटमा हस्ताक्षर गराउन खोजेपछि नमान्दा आफूबाट माइन्युट च्यातिन गएको हो।’

पालिकाको सभा सञ्चालन अघि नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनुपर्ने प्रावधान अनुरुप कम्तीमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने भएपनि एकाएक बैठक बोलाएर मेयरको कालो कर्तुतमा आफुहरुलाई जोड्न खोजेपछि विवाद बढेको वडाध्यक्ष दिपेन्द्र साहले बताए। उनले भने, ‘उपमहानगरपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधिको छलफलको विषय सम्बन्धी १२ नम्बर बुँदाको १ नम्बरमै जनप्रतिनिधिलाई कम्तिमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने कुरा उल्लेख छ। तर हामीले नीति तथा कार्यक्रम हेर्नै नपाई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएपछि आफुहरुले अस्विकार गरेको छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>