राजनीति
बिदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

जनकपुर,असार ८-
जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीका पुत्ला जलाइएको छ। बिदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रस्तावित वैवाहिक अंगिकृत नागरिकता विधेयकको विरोधमा जनकपुरधाममा सोमबार प्रधानमन्त्री ओलीका पुत्ला दहन गरिएको छ।
जनता समाजवादी पार्टीका युवा तथा महिला नेता कार्यक्रताहरुले जनकपुरधामको जनक चोकमा प्रधानमन्त्रीका पुत्ला जलाउनुको साथै सडकमै बसेर एक घण्टासम्म चक्काजाम गरेका थिए।
जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता मिश्र, नेतृ विभा ठाकुर, विन्दु ठाकुर,पुनम झा मैथिली, केन्द्रिय सदस्य संजय सिंह, युवा नेता नवीन यादव, प्रसान्त झा सहितको अगुवाईमा सडक जाम गर्दै विरोध गरिएको थियो। नेकपाले ७ वर्ष पछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।
नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्।






















