प्रदेश १

इलाममा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत फेला

Banner

काठमाडौँ, असार ६

इलाम माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत पेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई रहेका छन् । घटनास्थल पुगेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर साह तेलीका अनुसार उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शुक्रबार बिहान कसैलार्र्र्इ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिब ७०० मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । इन्सपेक्टर साहकाअनुसार उनीहरू सहोदर देवर–भाउजु हुन् । दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा छन् ।

शुक्रबार राति नै मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको इन्सपेक्टर साहले बताए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>