खेलकुद

बार्सिलोनाले लेगानेसलाई २–० ले हरायो

Banner

(एजेन्सी) स्पेन, असार ३–

बार्सिलोनाले लेगानेसलाई २–० ले पराजित गरेको छ। स्पेनिस ला लिगा अन्तरगत बुधबार विहान सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो ।

जित निकाल्ने क्रममा खेलको ४२ औं मिनेटमा बार्सिलोनाका लागि १७ वर्षीय अन्सु फातीले पहिलो गोल गरेका थिए। जारी सिजनमा यो फातीको पाँचौं गोल हो।

त्यसपछि खेलको दोश्रो हाफमा ६९ औं मिनेटमा मेसीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। लेगानेसका रूबिन परेजले मेसीलाई फल गरेपछि सो बार्सिलोनालाई पेनाल्टी प्राप्त भएको थियो।

जितसँगै लिगमा बार्सिलोनाले आफ्नो निकट प्रतिदवन्दी रियम मड्रिडसँग ५ अंकको दुरी बनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>