गण्डकी

नवलपुरका एकसहित गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

Banner

कावासोती,जेठ ३१-

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान ५ः५० मा सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।

पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका चारै जनालाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । मध्यविन्दु नगरपालिकाको क्वारेन्टिनमा रहँदै आएका उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>