Breaking News

गण्डकी प्रदेशका ४ जिल्लाका थप ३७ जनामा कोरोना पुष्टि

Banner

पोखरा,जेठ ३०-

गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । शुक्रबार पर्बतका १३ जना, स्याङ्जाका २२ जना , तनहुँका १ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशक शर्माले उल्लेख गरेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>